×

वि. सं २०८२ असार २ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल

images

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन फलदायी रहने संकेत छ। नयाँ अवसरहरू प्राप्त हुने सम्भावना रहनाले आत्मविश्वास बढ्नेछ। सामाजिक भेटघाट र स्वादिष्ट खानपानको अवसर जुट्न सक्छ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आजको दिन निर्णयमा विशेष सतर्कता आवश्यक छ। अवसरवादीहरूको प्रभावमा परेर हानि हुन सक्छ। आर्थिक लाभ कम हुने सम्भावना छ, अतः खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। व्यवसायमा लाभदायक परिस्थिति निर्माण हुनेछ। साझेदारीका कामहरूमा सफलता प्राप्त हुने सम्भावना प्रबल छ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्ना योजनाहरू कार्यान्वयन गर्न दोहोरो प्रयास गर्नुपर्ने अवस्था आउन सक्छ। स्वास्थ्यप्रति सजग रहनु उपयुक्त हुनेछ, सामान्य असहजता देखिन सक्छ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको परिश्रमले भविष्यमा प्रतिष्ठा र सम्मान दिलाउनेछ। साथीभाइ तथा सहयोगी व्यक्तिहरूको साथले कार्यमा उत्साह थपिनेछ।

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

महत्वपूर्ण कार्यहरू सम्पन्न हुने संकेत छ। व्यवसायमा सकारात्मक प्रगति हुनेछ। आय तथा प्रतिष्ठामा वृद्दि हुने अनुकूल समय हो।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। पारिवारिक वातावरण सुखद रहनेछ। प्रियजनसँगको भेटघाट तथा भ्रमणले मन प्रसन्न बनाउनेछ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परिस्थिति केही जटिल देखिन सक्छ। विचारपूर्वक निर्णय लिनु उपयुक्त हुनेछ। योजनामा सुधार र धैर्य आवश्यक देखिन्छ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुखद समाचार प्राप्त हुने सम्भावना छ। अध्ययन, लेखन वा बौद्धिक कार्यमा राम्रो प्रगति हुनेछ। मानसिक सन्तुलन कायम रहनेछ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बल र बुद्धिको संयोजनले सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुने योग देखिन्छ। आत्मबलमा वृद्दि हुनेछ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धनलाभको सम्भावना प्रबल छ। सम्मानजनक कार्यहरूमा सफलता मिल्नेछ। पहिले रोकिएका कामहरू पूर्ण हुने संकेत छन्।

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सोचे अनुसारको परिणाम नआउने अवस्था रहन सक्छ। अनावश्यक खर्चमा वृद्धि हुनसक्ने हुँदा आर्थिक निर्णय सोचविचार गरी लिनु उपयुक्त हुनेछ।

शुक्रबार​ ३ साउन २०८२ ०६:२८ AM मा प्रकाशित

प्रतिक्रिया