×

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै

images

 

काठमाडौं- समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । बैठकमा प्रतिनिधिसभामा जारी अवरोध, समसामयिक गतिविधिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बुधबार ४ असार २०८२ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया