काठमाडौं । प्रस्तावित समाजवादी केन्द्रका नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन् । यसै क्रममा अहिले प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित चार दलका शीर्ष नेताबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ छन् भने नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव सहभागी छन्। समाजवादी मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलाई समेट्ने विषयमा छलफल हुने बताएको छ ।
समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादी प्रवक्ता कृष्णबहादुर महरा, जसपा नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । यसै साता घोषणको तयारी गरिएको समाजवादी मोर्चामा बाबुराम र वामदेवलाई पनि समेट्ने बताइएको छ।
प्रतिक्रिया