×

अध्यक्ष सुजित केसीलाई पक्राउ, संविधानको ठाडो उल्लंघन - सांसद ज्ञानेन्द्र शाही

images

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानको ठाडो उल्लंघन गरेको बताएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक-पटक रोष्टममा नै फरक मत राख्नेहरुलाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो? भन्दै प्रश्न गरे। यदि संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए।

उनले भने,‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने? आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखिएको भरमा नै जेल हालिएको छ। नेपालको संविधानको धारा १७ को ठाडो उल्लंघन भयो कि भएन? प्रधानमन्त्रीले नै पटक-पटक रोष्टमबाट फरक मत राख्नेहरुलाई पक्राउ गर्छु भन्नुहुन्छ। के प्रधानमन्त्री र गृहमन्त्री साथै सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो? यदि ठूलो हो भने तपाईंहरुसँग बहुमत छ यो धारा संशोधन गर्नुहोस्।’

त्यस्तै उनले संविधान पालना गर्न नसके सरकारमा बस्नुको कुनै महत्व र वैधानिक हुन नसक्ने धारणा राखे। अध्यक्ष केसीलाई सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो। उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन्। 

 सांसद शाहीले करेन्ट लागेर मजदुरको मृत्यु हुनु कुनै दुर्घटना नभई हत्या गरिएको भन्दै आपत्ति जनाए । नेपाल विद्युत प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नपा– १२ घारीबथाका २८ वर्षीय उपेश परियारको मृत्यु भएको थियो । सांसद शाही ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन सरकारको ध्यानाकर्षण समेत गराए ।

 सरकारले फरक विचार राखेकै आधारमा पक्राउ गरिरहेको भन्दै सरकारको विरोध समेत गरे । 

आइतबार​ ५ जेठ २०८२ ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया