×

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

images

नयाँ वर्षको दोस्रो कारोबारमा पनि शेयर बजार राताम्मे भएको छ । हिजो आइतवार २९ दशमलव ६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार ४१ दशमलव ७७ अङ्कले घटेर २३ सय ४३ दशमलव ८७ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, जलविद्युत्, फाइनान्स, अन्य, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २९ कम्पनीका ३८ लाख ७६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको चार करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो । 

सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर आठ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नेष्डो समृद्ध लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

सोमबार ५ बैशाख २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया