काठमाडौं । छुट्टाछुट्टै स्थानमा आगले जलेर २ जनाको मृत्यु भएको छ । नवलपरासी(पश्चिम) स्थित बर्दघाट नगरपालिका-४ हरियाली बस्ती बस्ने ८० वर्षीया तारादेवी पराजुलीको आगोले जलेर मृत्यु भएको छ ।
आफ्नै घरमा आगो ताप्ने क्रममा शरीरमा आगो सल्किएर जल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बाराको कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने ३५ वर्षीया लालसा देवी काईरिनको आगोले जलेर गएराति मृत्यु भएको छ । आफ्नै घरमा गत पुस २७ गते आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर जल्दा गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पताल काठमाडौं उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया