×

युनाइटेड मोदीको ७ प्रतिशत बोनस शेयर घोषणा

images

काठमाडौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड (UMHL) ले आर्थिक बर्ष २०७८/७९ को अन्त्यसम्मको संचित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

हाइड्रोपावरको पौष २९ गते बिहान ११:०० बजे बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी रु १ अर्ब १५ करोडको ७% बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्ताव गरिएको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ।

त्यसैगरी, कम्पनीले बार्षिक साधारण सभा पौष मसान्त भित्र सम्पन्न गर्न असमर्थ रहेको समेत जानकारी गराएको छ।

बुधबार ४ माघ २०७९ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया