×

सामाओविरुद्ध जितेमा हरेक खेलाडीले १९ लाख ५० हजार नगद पुरस्कार पाउने

images

काठमाडौं । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुदैछ । सुपर सिक्स्का दुई खेल अघि नै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ ।

अहिले नेपाल ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपाल प्रतियोगितामा पराजित रहेको छ । त्यस्तै सामाओले भने सुपरसिक्समा खेलेका तिनै खेलमा हार बेहोरेको छ । 

यो उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् । राष्ट्रिय खेलाडी विकास नियमावली २०७९ अनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजनबाट विश्वकपमा छनौट भएमा हरेक खेलाडीलाई १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । त्यस्तै प्रशिक्षकलाई ६ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकलाई ३ लाख २५ हजार र खेल संघलाई ६ लाख ५० हजार पुरस्कार दिने व्यवस्था गरिएको छ ।

 

Single Image

शुक्रबार​ १ कात्तिक २०८२ ०९:५५ AM मा प्रकाशित

प्रतिक्रिया