×

मैले हुन्न भनेपछि विवादमा तानियो- मन्त्री अधिकारी

images

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् ।

बिहीबार सिंहदरवारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो चरित्र हत्या गरिएको बताए ।

उनले भने- 'आफ्नो अभिष्ट पूरा गर्न यहाँ आएका थिए । मैले हुन्न भनेपछि यी कुराहरू आएका हुन्। कुन नियतबाट ल्याइएको भन्ने कुरा प्रस्ट हुन्छ । अडियोमा सुनिएका सरोकारवाला व्यक्तिहरू हामीसँग सम्बन्धित होइनन् । मेरो बोली त्यहाँ छ कि छैन भन्ने पनि जागजहेर छ । जग्गा, जमिनका र सरुवाका कुरा पनि आइरहेका छन् । सरुवा मन्त्रालयको नियमित प्रक्रियाको कुरा हो ।'

मन्त्री अधिकारीले पोखराबाट सुरुवा भएका मालपोत अधिकृतले पनि सरुवाका लागि कुनै पहल नगरेको उनले बताए ।  उनले जस्तै पुरानो कुरा ल्याएर मेरो र मेरो परिवारको चरित्र हत्या गर्न खोजिएको समेत आरोप लगाए ।

बिहीबार २ साउन २०८२ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया