काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमन हुनुले नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको टिप्पणी गरेकी छन् ।
कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भण्डारी सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको उल्लेख गर्दै कोइरालाले आगामी राजनीतिक यात्राका लागि शुभकामना समेत दिएकी छन् ।
उनले भनेकी छन्-
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीजी को सक्रिय राजनीतिमा पुनरागमनले सम्पुर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको ब्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।
प्रतिक्रिया