×

सवारी चालकको स्वास्थ्य अवस्थाबारे बताउदै रवि भन्छन, स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सवारी चालकको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत अहिले उनको अवस्थामा सुधार आएको जानकारी गराएका छन् । चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन पनि उनले आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
आज विहान प्रिय शम्भु भार्इ (मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नुभयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ । बिहानैदेखि निरन्तर र भरखरैपनि मैले चिकित्सकसँग परामर्श गरेअनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था विहानको भन्दा सुधारिएको छ । स्थिर छ । प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै मसँग तपाईलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ । म पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनु होला। स्तरहीन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलार्इ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भार्इ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसका लागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला।

सोमबार ४ बैशाख २०८० ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया