×

एमाले अध्यक्ष ओलीको गगनलाई जवाफ - कांग्रेसलाई प्रतिपक्षमा भेट्न ८४ सालसम्म कुर्नु पर्दैन 

images

काठामाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, कांग्रेस प्रतिपक्षको भूमिकामा पूग्न अर्को चूनावसम्म कुर्न नपर्ने जवाफ फर्काएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज उपराष्ट्रपतिमा मतदान गरेपछि उनले भने यसअघि, कांग्रेस नेता गगन थापाले एक कार्यक्रममा एमालेसंग प्रतिपक्षमा भेट हुन्छ भनेको प्रसंगको जवाफ दिदैँ कांग्रसलाई प्रतिपक्षमा भेट्न २०८४ साल सम्म कुर्न नपर्ने बताएका हुन् । 

मतदान पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले  भने ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन ?  उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुप¥यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’

यसअघि ओलीले काङ्ग्रेससँग सहमति नगर्ने भन्ने कुरामा कसम खाएको छैन् भनेका थिए । त्यसको जवाफमा कांग्रेस नेता गठन थापाले अब एमालेसंग प्रतिपक्षमा भेट हुने जवाफ दिएका थिए ।  प्रजातान्त्रिक सिस्टममा हारजित हुने कुरा समेत साठगाठेँ सिस्टम भएको ओलीको टिप्पणी छ । 
 

शुक्रबार​ ३ चैत २०७९ ०३:१६ PM मा प्रकाशित

प्रतिक्रिया