×

अभिनेत्री करिश्मा मानन्धरको चरित्रहत्या गरेको आरोपमा पक्राउ परे डिल्लीराम खनाल

images

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । युट्यूवमा करिश्माको विषयमा अभिव्यक्ति दिँदै चरित्र हत्या गरेको अभियोगमा डिल्लीराम खनाल पक्राउ परेका हुन् । 

केन्द्रीय साइबर ब्युरोले खनाललाई पक्राउ गरेको हो । न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।  

खनाललाई अदालतबाट म्याद थपको तयारी भइरहेको ब्युरो स्रोतले जनाएको छ ।

शुक्रबार​ ५ फागुन २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया