×

गठबन्धनको भविष्य आज पाँच बजे बस्ने बैठकले तय गर्छः प्रचण्ड

images

काठमाडौँ। सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा आज बेलुकी ५ बजे बस्ने बैठकले निक्र्योल गर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनआबद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् ।

माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्याेल हुने बताएका हुन् । ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने ।

आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए ।

 

बिहीबार ५ फागुन २०७८ ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया