×

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

images

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ५ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

मङ्गलबार ३ माघ २०७९ ०२:२४ PM मा प्रकाशित

प्रतिक्रिया