काठमाडौं । संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतकहरुबीच छलफल जारी छ । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको कार्यालयमा जारी छलफलमा एमालेसहित नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतकहरु सहभागी छन् ।
छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, माओवादीबाट हितराज पाण्डे र रास्वपाबाट सन्तोष परियार सहभागी छन् । उनीहरुबीच संसद्को अधिवेशन आह्वान र विचाराधीन विधेयकबारे छलफल भइरहेको बताईएको छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले संसदीय काम कारबाहीका सम्बन्धमा छलफल गर्न मुख्य दलका प्रमुख सचेतकहरु एकै ठाउँमा आएको बताएका छन्।
प्रतिक्रिया