×

संसदीय छानबिन विशेष समिति-सहकारीको बचत अपचलनमा रवि जिम्मेवार, कारबाही सिफारिस

images

काठमाडौं ।  सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहितका ५ वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको निष्कर्ष निकालेको छ।

समितिले संसदमा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रलचित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ।

 सभापति  लामिछानेले संसदीय सहकारी रकम अपचलनसम्बन्धी विशेष समितिले आफूलाई दोषी नठहर्‍याएको आफू खुशी व्याख्या गरेता पनि समितिले दिएको प्रतिवेदनमा “सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने” भन्ने किटानका साथ उल्लेख भएकाले सभापति लामिछाने उम्किने ठाउँ कहीँ कतै भेटिँदैन् । सभापति लामिछानेले ने–जस्तो व्याख्या गरेता पनि संसदीय समितिको प्रतिवेदनले उनलाई दोषी, दागी करार गरेको कुनै शंका–आशंका गर्ने ठाउँ छैन भन्ने अधिकांश सांससदहरूको भनाइ रहेको छ ।


आज प्रतिनिधिसभामा पेश भएको प्रतिवेदनमा प्रतिवेदनमा भनिएको छ, ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडिया नेटवर्क प्रालीको खातामा आइसकेपछि रकम खर्च गर्नेगराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने ।’

समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले आज प्रतिनिधिसभामा पेश गरेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१’ ले विभिन्न सहकारीको रकम गैरकानूनी ढङ्गबाट गोर्खा मिडियामा ल्याउने काममा रवि लामिछानेको समेत संलग्नता देखिएकाले कारबाही गर्न सरकारलाई सिफारिश गरेको हो ।

सोमबार ३१ भदौ २०८१ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया