×

नबिल बैंक अन्तर्गत सञ्चालित दुई म्युचुअल फन्डको लाभांश घोषणा

images

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।८१ का लागि नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल फ्लेक्सी क्याप फन्डको लाभांश घोषणा गरेको हो। जसअनुसार ब्यालेन्स्ड फन्ड–२ को ८ प्रतिशत र फलेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ।

घोषित प्रतिफल वितरणार्थ योजना व्वस्थापकले ब्यालेन्स फन्ड–२ का लागि असोज ११ गते र फ्लेक्सी क्याप फन्डका लागि भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम इकाइधनीहरुले यी दुई योजनाको लाभांश पाउन योग्य हुनेछन्।

सोमबार ३१ भदौ २०८१ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया