×

विपी राजमार्ग भदौ १५ गतेसम्म रातिमा बन्द हुने

images

बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले रातको समयमा बिपी राजमार्गको काभ्रे भन्ज्याङदेखि सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधन रोक लगाउने निर्णय गरेको छ । 

रातको समयमा बिपी राजमार्गमा यात्रुवाहाक सवारी साधन बन्द गर्ने निर्णयलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । यस अघि साउन मसान्तसम्म रातिमा बन्द गरिएकोमा भदौ १ गतेदेखि १५ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबैखाले सवारीमा रोक लगाएको छ ।

यस अघि वर्षाका कारण आउन सक्ने बाढी पहिरोका कारण बिपी राजमार्ग सञ्चालन हुने सवारीमा क्षति पुग्न सक्ने भन्दै रातको समयमा सवारी रोक लगाइएको थियो । 

रोसी खोला तथा राजमार्गमा पर्ने खहरे खोलामा वर्षासँगै आउने बाढी, लेदो र गेग्रानका कारण राजमार्गको विभिन्न स्थानमा सडक घण्टौँ अवरुद्ध हुँदा यात्रुहरूमा मर्का परेपछि प्रशासनले रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको हो । गत असोज १२ गते पछि बिपी राजमार्ग काभ्रे हुँदै पूर्व चल्ने सवारीहरू बाढीले राजमार्गमा क्षति पुगे सँगै सञ्चालनमा समस्या हुँदै आएकोछ ।

 

Single Image

शनिबार ३२ साउन २०८२ ०८:५५ AM मा प्रकाशित

प्रतिक्रिया