×

यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन

images

डिजेलको भाउ प्रतिलिटर २१ रूपैयाँले बढेपछि यातायात व्यवस्था विभागले गाडी भाडा समायोजन गरेको छ।

अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ। अन्तरप्रदेश चल्ने गाडीको भाडादर समायोजन यातायात व्यवस्था विभागले नै गर्ने गर्छ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने गर्छ।

काठमाडौं–काकटभिट्टाको नयाँ भाडादर १ हजार ७२५ कायम भएको छ। यसअघि त्यसरूटको सवारी भाडा १ हजार ६४८ थियो। काठमाडौं–कैलालीको अत्तरिया–डडेलधुरा हुँदै वैतडीसम्मको नयाँ भाडा २ हजार ६ सय २८ कायम भएको छ। यसअघि त्यस रुटको भाडादर २ हजार ५१० थियो।

काठमाडौं–अत्तरिया हुँदै बझाङको चैनपुरसम्मको भाडा ३ हजार १५ रूपैयाँ तोकिएको छ। यसअघि त्यस रूटमा २ हजार ८८० भाडादर थियो।

काठमाडौं–गुलरियाको समायोजित भाडादर १ हजार ६०८ रहेको छ। यसअघि त्यस रूटमा १ हजार ५३६ रूपैयाँ भाडादर थियो।
काठमाडौंदेखि गोरखासम्मको नयाँ भाडा ४५२ तोकिएको छ। यसअघि त्यसरूटमा ४३२ रूपैँया थियो।

काठमाडौं धरानको नयाँ भाडा १ हजार ५३३ रुपैयाँ कायम भएको छ। नयाँ समायोजनपूर्व त्यहाँको भाडादर १ हजार ४६४ थियो।

विभागअन्तर्गतको सवारी परीक्षणको कार्यालयबाट ‘स्तरीय डिलक्स’ अनुमति लिएकाले तोकिएको भाडामा २० प्रतिशत थप गरेर लिन पाउने बताइएको छ।

बुधबार ३१ साउन २०८० ०२:३२ PM मा प्रकाशित

प्रतिक्रिया