×

अमेरिकी दुताबास भन्छ- नेपालीलाई आफ्नै देशमा बस्न सक्ने बनाउन प्रयत्नशील छौं

images

काठमाडौँ ।  नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारसँगको सहकार्य गर्दै अमेरिकाले नेपाली नागरिकलाई नेपालमै बस्नसक्ने वातावरण बनाउन प्रयत्नशील रहेको बताएको छ । 

बुधबार दूतावासले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै नेपाली नागरिक आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील रहेको उल्लेख गरेको हो ।'

दुताबासले भनेको छ- ‘अमेरिका नेपाल सरकारसँगको साझेदारीमा नेपाली नागरिकहरूले आफ्नै देशमा सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न, बस्न र लगानी गर्नसक्ने अवस्था सिर्जना गर्न प्रयत्नशील छ ।' दुताबासले कुनै सन्दर्भ उल्लेख नगरेपनि पछिल्ला दिनहरुमा ठुलो संख्यामा नेपालीहरु अमेरिकाबाट डिपोर्ट भइरहेकोप्रति संकेत गरेको बुझिएको छ ।

बुधबार १ साउन २०८२ ०३:२६ PM मा प्रकाशित

प्रतिक्रिया