×

सुनको भाउ ८ सय रुपैयाँले बढ्यो

images

हिजो भाउ घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको सुनको भाउ आज भने बढेको छ ।

आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार २ असार २०७९ १२:२४ PM मा प्रकाशित

प्रतिक्रिया