×

राजस्वका दर निर्धारण गर्दा राष्ट्रघात भएको भए जिम्मा लिन तयार छु : अर्थमन्त्री शर्मा

images

अर्थमन्त्री जनार्दन शर्माले राजस्वका दर निर्धारण गर्दा कुनै राष्ट्रघात नभएको जिकिर गर्नुभएको छ । 

आउँदो आर्थिक वर्षको बजेटमा करका दर निर्धारण गर्दा मन्त्रालयबाहिरका बिचौलियालाई प्रवेश दिएको भन्दै चौतर्फी विरोध भइरहेको छ । तर आज बिहीवार प्रतिनिधि सभाको बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले आफूले कतै पनि राष्ट्रघात नगरेको र त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताउनुभयो । 

‘राजस्वका दर परिवर्तन गर्दा प्रक्रिया छन् । विभागीय प्रमुख र सचिव नै बसेर निर्धारण गर्ने हो । कुनै राष्ट्रघात भएका छैनन् । देशको आर्थिक समस्या, विदेशी मुद्राको सञ्चितिलगायतका विषयलाई हेरेर नै दर निर्धारण गरिएको हो, यसको सम्पूर्ण जिम्मेवारी मैले लिन्छु’, अर्थमन्त्री शर्माले भन्नुभयो । 

बिहीबार २ असार २०७९ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया