×

संसदीय समितिलाई कर्मकाण्डी बनाउन नहुने : लामिछाने

images


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको मङ्गलबार बसेको बैठकमा उनले समितिले निष्कर्ष निकालेर विषयहरुलाई तोडमोड गर्नु नहुने बताएका हुन् । सांसद लामिछानेले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने भनाइ राखे । उनले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

‘‘वाइडबडी खरिदमा घोटाला भएको भनेर समितिले भनिसकेको छ । तर संसदीय समितिले त्यत्रो प्रमाण जुटाएर, छलफल गरेर कुनै विषयमा निष्कर्ष निकालेर दिएको निर्देशन फासफुस हुने हो भने समिति कर्मकाण्डी हुन्छन्, समिति कर्मकाण्डी हुन भएन,’’ सांसद लामिछानेले भने , ‘‘कसैलाई फसाउन गरिएको निर्णय हो भने विरोध गरौँ नत्र भने लागू गरौँ । प्रभावकारी बनाएर हामी जानुपर्छ । निर्देशनको पालना नभएको हकमा के हुन्छ, त्यसलाई मध्यनजर गरौँ । ’’
 

मङ्गलबार २ जेठ २०८० ०४:०९ PM मा प्रकाशित

प्रतिक्रिया