×

पोखरा महानगरमा एकीकृत समाजवादीका आचार्यको मतान्तर बढ्दै

images

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्तारूढ गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको मतान्तर बढ्दै गएको छ ।

images

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका सिहंको अग्रता कायमै

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मता...

महानगरको वडा नं १, २, ३, ४, १२, १३ २३, २४ र २५ को हालसम्म १३ हजार ८९७ मत गणनामा आचार्यले पाँच हजार ६९० मतसहित अग्रता बनाउनुभएको हो । उहाँका प्रत्याशी नेकपा (एमाले)का कृष्णबहादुर थापाले पाँच हजार ५० मत ल्याउनुभएको छ । महानगर प्रमुखमा ६४० मतान्तरले आचार्य अघि हुनुहुन्छ । 

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका कोपिला रानाभाट झिनो मतसहित अघि हुनहुुन्छ । रानाभाटले पाँच हजार ७१९ मत प्राप्त गर्दा एमालेका मञ्जुदेवी गुरुङको पाँच हजार ६८७ मत छ ।

हालसम्म महानगरका तीन वडाको अन्तिम मत परिणाम सार्वजनिक भएकामा वडा नं १ मा एमाले र वडा नं २ र वडा नं १२ मा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ । कास्कीमा पाँच पालिकामध्येमा हालसम्म रुपा र माछापुच्छ«ेको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

रुपामा अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा एमाले र माछापुच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरी गणना जारी रहेका अन्नपूर्ण र मादी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ । 

सोमबार २ जेठ २०७९ ०९:१२ PM मा प्रकाशित

प्रतिक्रिया