×

महानगरमा दुई वडामा एकीकृत समाजवादी र एकमा स्वतन्त्र विजयी

images

ललितपुर महानगरपालिकाका तीन वडाको मत परिणाम सार्वजनिक हुँदा दुई वटा वडामा नेकपा (एकीकृत समाजवादी) र एकमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, २ मा नेकपा (एकीकृत समाजवादी) का राजेशकुमार महर्जन र ३ मा (एकीकृत समाजवादी) कै श्रीगोपाल महर्जन विजयी हुनुभएको छ । हाल ४, ५ र ६ को गणना जारी छ । 

हालसम्मको मत परिणामअनुसार महानगरको प्रमुखमा चिरीबाबु महर्जनको अग्रता कायम छ । महर्जनले चार हजार ७३० मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ७४४ मत ल्याउनुभएको छ । उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्य (आस्था) ले दुई हजार १४६ मत ल्याएर अग्रता कायम राख्नुभएको छ । नेकपा माओवादीका बाबुराज शाक्यले एक हजार ५५४ मत ल्याउनुभएको छ । 

सोमबार २ जेठ २०७९ ०८:५८ PM मा प्रकाशित

प्रतिक्रिया