काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् ।
हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दुवै सदनको अधिवेशन बोलाउन बैशाख १२ गतेको मिति सिफारिश गरेको थियो । सोहीबमोजिम राष्ट्रपति पौडेलले बैशाख १२ गते शुक्रबार दिउँसो १ बजेको लागि संसद अधिवेशन बोलाएका हुन् ।
प्रतिक्रिया