×

घाइते डा. भण्डारीको स्वास्थ्य अवस्था बुझ्न काँग्रेस सभापति देउवा कीर्तिपुर अस्पताल 

images

काठमाडौं । ग्यास सिलिन्डर लिकपछि भएको आगलागिमा परि घाइते डा. चन्द्र भण्डारीका स्वास्थ्य अवस्था बुझ्न काँग्रेस सभापति शेरबहादुर देउवा कीर्तिपुर अस्पताल पुगेका छन् ।  

बुधवार बुद्धनगरस्थित निवासमा भएको आगलागिमा परि डा. भणडरीसहित उनकी ८६ बर्षीय आमा हरीकला भण्डारीको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार हुँदैछ । बिहीबार बिहान अस्पताल पुगेका देउवाले घाइते भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका  छन् ।

घाइतेको उपचारमा कमी हुन नदिने सभापति देउवाले अस्पतालसँग आग्रह गरेका छन् । भण्डारीको स्वास्थ्य अवस्था बुझ्न बिहीवार बिहान नै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पनि अस्पताल पुगेका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।
 

बिहीबार ४ फागुन २०७९ ११:५३ AM मा प्रकाशित

प्रतिक्रिया