×

नेपाल प्रहरीका सई मृत भेटिए

images

काठमाडौं । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् । मृत फेला पर्नेमा गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा छन् ।

झापा भद्रपुर नगरपालिका-८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिए । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्‍याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा– ४ स्थायी घर भएका खतिवडा हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका थिए । नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।

आइतबार​ ४ फागुन २०८१ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया