×

प्रधानमन्त्रीद्वारा सांसद भण्डारीको स्वास्थ्य लाभको कामना 

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता सांसद चन्द्र भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 
सामााजिक संजाल फेसबुकमार्फत उनले ग्यास सिलिण्डर बिस्फोटमा परी गम्भीर घाइते भएका भण्डारीको स्वास्थ्य लाभको कामना गर्नुका साथै  आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । 
सामाजिक संजाल फेसबुकमा ‘ग्यास सिलिण्डर बिस्फोटमा परी गम्भिर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं गुल्मी क्षेत्र नं.–१ का माननीय सांसद चन्द्र भण्डारीको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । बिस्फोटमा परि दुखद् निधन भएकोमा उहाँका ममतामती आमा हरिकला भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली गर्दै परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदनासहित धैर्य धारणको कामना गर्दछु।’
खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था गम्भिर  छ । शरिरको २५ प्रतिशत भाग जलेका सांसद भण्डारीको फोक्सोमा समेत असर देखिएकोले थप उपचारक लागि आजै भारत फैजाने तयारी छ ।
 

बिहीबार ४ फागुन २०७९ ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया