×

चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिदैँ-- अस्पतालबाट एयरपोर्ट लगियो  

images


काठमाडौं । ग्याँस सिलिण्डर पड्केर  गम्भिर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान एयरपोर्टतर्फ लगिएको छ ।केहीबेर अघि उनलाई कीर्तिपुर अस्पतालबाट एम्बुलेन्समा राखेर उनलाई विमानस्थल लगिएको हो । 
 अबको केहीबेरमै उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको मुम्बईस्थित सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लगिने छ

विमानस्थलबाट श्री एयरलाइन्सको विमानमार्फत एयर एम्बुलेन्सको रुपमा उनलाई उपचारका लागि मुम्बईको लैजाने फ्लाइटमा नर्भिक अस्पतालले मेडिकल टिमको व्यवस्थापन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नर्भिकबाट ६ जना चिकित्सकको टीम विमानमा रहने मन्त्रालयले जनाएको छ।बुधबार राति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।

बिहीबार ४ फागुन २०७९ ०३:१३ PM मा प्रकाशित

प्रतिक्रिया