काठमाडौं । सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड क्रम जारी राखेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ मूल्य तय गरेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यसअघि असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको छ ।
प्रतिक्रिया