×

नेकपा एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो-प्रधानमन्त्री ओली

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउनका बनेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ । मैले विश्वास लिएको छु । हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्भिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुमपा पुर्याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्यो, खान लगाउन जनाले पाउनुपर्यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्यो ।’

उनले एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको उल्लेख गरे । देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको उनले बताए । त्यसैले जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न प्रधानमन्त्री ओलीले नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए । ‘परिस्थितिमा परिवर्तन ल्याउने गरी नै यहाँबाट फर्किएर गएर यसलाई व्यवहारिक, मूर्त रुप दिने काम गर्नु हुनेछ, मैले विश्वास लिएको छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले जनताले सजिलोसँग खान, लाउन र बाँच्न पाउनुपर्ने उनले बताए । ‘जनता अधिकार सम्पन्न होउन्, गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान–लाउन पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि,’ ओलीले भने, ‘बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनुपर्‍यो ।’ 

उनले भने, ‘अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिबी निवारण गर्न सकेका छैनन् । सयौँ वर्षदेखि समृद्धि हासिल गरेर दुनियाँमा विकसित भनेर कहलिएका देशहरूले जनताको अवस्था एक हिस्सा गरिबिको अवस्था गरिबीबाट माथि उठाउन सकेका छैनन् । भिममंगा बनाएर छाडेका छन् । भोकै मनुपर्ने अवस्थामा छाडिइदिएका छन् ।’

उनले अल्टिमेटली कम्युनिस्ट पार्टीले मात्र विकास र समृद्धि ल्याउनसक्ने भन्दै चीनको दृष्टान्त दिए । ‘केही पनि नभएको अवस्थाबाट हरेक ठाउँमा प्रतिस्पर्धा गर्दै अघि बढेको छ चीन । चिनियाँ कम्युनिस्ट पार्टी दृष्टान्तबाट सिक्न सकिन्छ’, प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीले मात्र जनताको सेवा गर्न सक्ने बताए ।

आइतबार​ ३० मंसिर २०८१ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया