×

अफ्रिकाबाट फिफा विश्वकप फुटबलमा छनौट भए यी ९ देश

images

काठमाडौँ । अफ्रिकी क्षेत्रबाट फिफा विश्वकप फुटबलमा छनौट हुने ९ देशको टुंगो लागेको छ ।

गएराती सम्पन्न खेलमा सेनेगल, दक्षिण अफ्रीका र आइभरी कोष्ट विश्वकपमा छनौट भएसँगै अफ्रिकी क्षेत्रको छनौट पुरा भएको हो । जसमा यी तीन देश बाहेक मोरक्को, ट्युनिसिया, इजिप्ट, अल्जेरिया, घाना र केप भर्डे रहेका छन् । केप भर्डे पहिलो पटक विश्वकपमा छनौट भएको छ ।

त्यस्तै अफ्रिकी क्षेत्रबाट एक देशले खेल्न पाउने इन्टर कन्टिनेन्टल छनौट खेलका लागि क्यामरुन, डिआर कंगो गाबोन र नाइजेरियाले प्लेअफ खेल्ने भएका छन् । अर्को महिना हुने प्लेअफबाट एक देश छानिने छ जसले  इन्टर कन्टिनेन्टल छनौट खेल्ने छ ।

फिफा फुटबल विश्वकप २०२६ को जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा हुदैछ । यस विश्वकपमा पहिलो पटक ४८ देशले भाग लिदैछन् ।

बुधबार २९ असोज २०८२ ०७:०७ AM मा प्रकाशित

प्रतिक्रिया