×

एमालेले उपसभामुख मगरलाई हटाउने कुनै प्रयास गरेको छैन : सचेतक बर्तौला

images

काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे।  ‘बेमौसमी ढंगबाट, रास्वपा र प्रमुख प्रतिपक्षीको तर्फबाट जसरी उपसभामुखको मसला बनाउनुभयो, यो दुःखद छ,’ उनले भने।

रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको उनले बताए। ‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

उपसभामुखबाट कमजोरी भएको भएपनि अहिले आफूहरूले उठाउन नखोजेको बर्तौलाले जिकिर गरे। ‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ मुख्य सचेतक बर्तौलाले भने।

प्रतिपक्षी दलले कुनै विषय बाँकी नभएपछि उपसभामुखको विषय बाहिर ल्याएको उनले बताए।  ‘असम्बन्धित विषयलाई भिसाका लागि मिति मिलाउन गरिएको सिफारिस उहाँको कमजोरी हो। अस्ति सत्ताघटक दलहरूको विषयमा कुरा उठेको हो। बाहिर हामीले ल्याउन चाहेनौँ,’ उनले भने।

कोठाभित्र भएको छलफलमा उठेको विषयलाई रास्वपा आफैले सदनमा ल्याएको बर्तौलाले बताए। त्यसपछि मात्रै सत्तापक्षका सांसदले उपसभामुखले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएको बर्तौलाले बताए।

‘जिम्मेवार राजनीतिक दलका तर्फबाट उपसभामुख पदको हुर्मत लिने गरी कुनै विषय अगाडि बढाउन खोजिएकै छैन। रास्वपाका सा‌ंसदले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रधानमन्त्रीतर्फ लक्षित गरेर। लोकतन्त्र च्यात्ने खबरदार हामी सडक आन्दोलन गर्छौं भन्नुभयो,’ उनले भने।

आइतबार​ ३० भदौ २०८१ ०३:२४ PM मा प्रकाशित

प्रतिक्रिया