×

 'तिमीसँग एक छिन’ भन्दै आईन कृपा

images

काठमाडौं । ‘सारेगमप लिटिल च्याम्स’ विजेता कृपा पौडेलको आवाजमा 'तिमीसँग एक छिन’ बोलको गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतमा मन्दिरा ढुंगेलको शब्द रहेको छ भने कल्यान सिंहले गीतको एरेन्ज गरेका छन् । 

गीतमा संगीत भर्ने काम दिक्षीत पौडेलले गर्नुभएको छ भने गायिका कृपासंगै सप्रब राज जोशी, कृषा लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकार गीतमा देखिएका छन् । 

राजिव लोहनीले निर्देशन गरेका म्युजिक भिडियोलाई भवानी शिल्पकारले खिचेका हुन । गीतलाई म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।


 

बिहीबार ३० भदौ २०७९ १०:०३ AM मा प्रकाशित

प्रतिक्रिया