काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अल नासरले अल खोलूडलाई २-० गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा साडियो माने र इनिगो मेटिनेजले एक एक गोल गरेका थिए ।
यो जितपछि अल नासरको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै अल खोलूडको भने यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया