×

पार्टी फुट्ने कुरा निराधार- प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्ने कुरा निराधार रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,  “पार्टी फुट्ने कुरा निराधार रहेको र लामो समयदेखि हल्ला फिँजाइएको छ ।”

उनले उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउने भन्ने हल्ला फिँजाइएको भन्दै उक्त हल्ला गलत रहेको एकताबद्ध भएको पनि बताए। उनले भने, ‘पार्टी फुट्ने कुरा बिलकुलै निराधार हो। पार्टी फुट्छ भनेर केही समयदेखि भनिरहेका छन्। हो-हल्ला, प्रचार धेरै भयो।

कतिपय सन्दर्भमा आशंका र भ्रम भए। यो बैठकसम्म आउँदा ती सबै भ्रम चिरिएका छन्। खासगरी कमरेड प्रभाकर (जनार्दन शर्मा) ले पार्टी फुटाउँछ भनेको जस्तो जो माहोल बनेको छ, त्यो बिलकुलै गलत हो, हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरलगायतसँग जे आशंका गरिएको छ, गलत छ।’

बिहीबार ३१ साउन २०८१ ०९:४७ PM मा प्रकाशित

प्रतिक्रिया