मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन अनुकूल रहनेछ। नयाँ अवसरको सम्भावना छ। सामाजिक भेटघाट र विशेष भोजमा सहभागी हुने अवसर प्राप्त हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
निर्णय गर्दा विशेष सावधानी अपनाउनु आवश्यक छ। अवसरको आडमा प्रलोभन दिनेलाई चिन्नुहोस्। आर्थिक लाभ सीमित रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीमा वृद्धि हुनेछ। व्यवसायमा लाभ प्राप्त हुनेछ। साझेदारीमा सकारात्मक परिणाम हासिल हुने संकेत छन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पन्न गर्न दोहोर्याएर प्रयास गर्नुपर्नेछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्ने भएकाले सतर्क रहनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको श्रमले भविष्यमा प्रतिष्ठा वृद्धि गर्नेछ। साथीभाइको सहयोगले मनोबल उच्च रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्वपूर्ण कार्यहरू सफलतापूर्वक सम्पन्न हुनेछन्। व्यापारमा लाभ र प्रतिष्ठा दुवै बढ्ने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। प्रियजनसँग भेटघाट र भ्रमणको अवसर प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिहरू चुनौतीपूर्ण बन्न सक्छन्। निर्णय लिनु अघि गहिरो मूल्यांकन आवश्यक छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुखद समाचारले उत्साह बढाउनेछ। बौद्धिक तथा शैक्षिक क्षेत्रमा प्रगति हुने संकेत छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बल र बुद्धिको संयोजनले सफलता दिलाउनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा विजय प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन लाभको सम्भावना उच्च छ। सामाजिक मानसम्मान बढ्नेछ र रोकिएका कार्यहरू पूरा हुनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सोचेअनुसार परिणाम नआउने सम्भावना छ। अनावश्यक खर्चमा वृद्धि हुन सक्छ, त्यसैले संयम अपनाउनुहोस्।
प्रतिक्रिया