×

यो हप्ता सुनको भाउ १७ सय रुपैयाँले बढ्यो

images

सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन एक लाख दुई हजार रुपैयाँमा पुगेको छ ।

समग्रमा यो हप्ता सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा एक लाख ३ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको अन्तिम दिन आज एक लाख दुई हजार रुपैयाँमा पुगेको हो ।

सोमवार दुई सय रुपैयाँले घटेर भाउ एक लाख एक सय रुपैयाँमा झरेको थियो । तर, मङ्गलवार फेरि ८ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको थियो । यस्तै, अस्ति बुधवार पनि तोलामा ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको थियो ।

हिजो नयाँ वर्षका दिन सार्वजनिक बिदा भएकाले सुन चाँदीको भाउ तोकिएन । आज हप्ताको अन्तिम दिन फेरि ५ सय रुपैयाँले भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको हो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १४ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । समग्रमा चाँदी यो हप्ता तोलामा ५० रुपैयाँले बढेको छ। 

शुक्रबार​ २ बैशाख २०७९ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया