×

बैंकहरुमा नयाँ ब्याजदर लागू, कुनले कति दिन्छन् ब्याज ?

images

काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक तथ्याङ्क अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फको औसत ब्याजदर ४.४१ प्रतिशत कायम भएको छ भने संस्थागत मुद्दती निक्षेपतर्फ औसत ३.२९ प्रतिशत दर तोकिएको छ । यसअघि फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन् । 

संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर पनि ०.०३ प्रतिशतविन्दुले घटेको छ । चैत महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंक नेपाल बैंक रहेको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.६ प्रतिशतविन्दुले घटाएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र ग्लोबल आइएमई बैंकले पनि ब्याजदर घटाएका छन् ।

ब्याजदरमा गिरावटसँगै निक्षेपकर्ताले थोरै कम फाइदा पाउने देखिएको छ भने बैंकहरूको प्रतिस्पर्धात्मक रणनीति र बजार व्यवस्थापनमा यसले प्रभाव पार्ने अनुमान गरिएको छ ।  नबिल बैंकले व्यक्तिगत ४.५५ राख्दा संस्थागत ३.५५ प्रतिशतथ कायम गरेको छ भने प्रभु बैंकले ४.५५ व्यक्तिगत राख्दा २.७५ प्रतिशत संस्थागत बनाएको छ ।

ग्लोबल आइएमई, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक । नेपाल बैंकले व्यक्तिगत ४.५ प्रतिशत राख्दा ३ संस्थागत दर कायम गरेका छन् ।

आइतबार​ १ चैत २०८२ १२:४६ PM मा प्रकाशित

प्रतिक्रिया