×

गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्ने : महान्त्री शर्मा

images

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले अहिलेको गठबन्धन चुनावसम्म रहने नरहनेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने या नगर्ने भन्ने विषयको टुङ्गो चैत तेस्रो साता बस्ने केन्द्रीय समितिको बैठकले लगाउने उहाँले बताउनुभयो । 

नेपाल प्रेस युनियनले सदरमुकाम खाँदबारीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले पार्टीको केन्द्रीय समितिको सुझावअनुसार नै गठबन्धनबारे निक्र्योल गरिने बताउनुभयो । “स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुन्छ”, उहाँले भन्नुभयो । स्थानीय तह निर्वाचनलाई लक्षित गरी  ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरिएको उहाँको भनाइ थियो । 

कांग्रेसले पार्टी नयाँ ढङ्गको बनाउन र जनतासँग समन्ध स्थापित गर्न अभियान सञ्चालन गरिहेको महामन्त्री शर्माले बताउनुभयो । चुनावमा विचारको मुद्दा र विकासबारे बहस गर्नु जनताका लागि हितकार हुने उहाँले उल्लेख बताउनुभयो । कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशतभन्दा बढी नागरिलाई कोरोना विरुद्धको खोप लगाउन सफल भएको शर्माले बताउनुभयो ।  
 

मङ्गलबार १ चैत २०७८ ०८:३५ PM मा प्रकाशित

प्रतिक्रिया