काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मुलुकभर आज मौसम सफा रहने जनाएको छ ।
महाशाखाका अनुसार मौसममा सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना न्यून रहने छ । प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भए पनि देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
दिउँसो प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भू–भाग सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार बिहिबार सुदूरपश्चिम प्रदेश साथै प्रदेश नं. १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने शुक्रबार देशका केही पहाडी भू–भागहरूमा आँशिक बदली रहने छ ।
प्रतिक्रिया