×

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी कमिटीको बैठक बोलाए

images

काठमाडौँ : नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पार्टी कमिटीको बैठक बोलाएका छन् । माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक र एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएका हुन् । माओवादीले केन्द्रीय कमिटी बैठक फागुन ८ र ९ गतेलाई बोलाएको नेता देव गुरुङले बताए ।

फागु ८ र ९ गते बस्ने बैठकमार्फत केन्द्रीय कमिटीलाई पूर्णता, केन्द्रीय पदाधिकारी तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने एजेण्डा रहेका छन् । माओवादीको मंसिरमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनपछि विभिन्न कारणले बैठक बोलाउँदै स्थगित हुदै आएको छ ।


त्यस्तै नेकपा समाजवादीले फागुन ७ गते स्थायी कमिटी बैठक बोलाएको सो पार्टीका केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । बैठकमा एमसीसी, महाअभियोग, स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल हुने नेता श्रेष्ठले जानकारी दिए । उनका अनुसार एमसीसीबारे स्थायी कमिटीमार्फत ठोस धारणा बनाउने जानकारी दिए ।

मङ्गलबार ३ फागुन २०७८ ०५:४३ PM मा प्रकाशित

प्रतिक्रिया