×

एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुन्छ : माधव नेपाल

images

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति चयन गर्दा देशलाई प्रतिगामी दिशामा जान नदिने बताएका छन् । नेपालले राष्ट्रपतिको चुनावलाई लिएर वर्तमान सत्ता गठबन्धनमा खटपट समेत सुरु भएको बताए । साथै नेपालले नेकपा एमालेको उम्मेदवार राष्ट्रपति बने देश बर्बाद हुने दाबी गरेका छन् ।

समाजवादी प्रेस संगठन कास्कीले आज बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘देशलाई प्रतिगामी दिशामा दिँदैनौँ, राष्ट्रपतिमा सबैले स्विकार्ने व्यक्तिको खोजी हुन्छ । हाम्रो पार्टीले उम्मेदवारी दिनेछैन,’ नेपालले भने । 

नेपालले देश प्रतिगमनको दिशातर्फको यात्रामा लागेको पनि सङ्केत गरे । ‘सत्ता गठबन्धनको किचलो सुरु भइसकेको छ । हामी सबैले सङ्केत पाइसकेका छौँ । अब हामी सतर्क बन्नुपर्छ,’ उनले भने । 

बुधबार ३ फागुन २०७९ १०:३५ AM मा प्रकाशित

प्रतिक्रिया