×

संवैधानिक निकायका ५२ पदाधिकारी विरुद्धको मुद्या आज अन्तिम सुनुवाई हुँदै 

images


काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारी विरुद्धका मुद्या आज सुनुवाई हुँदैछ । 

कानून मिचेर नियुक्त गरिएको भन्दै तत्कालिन सरकारको निर्णय विरुद्ध सर्बोच्च अदालतमा मुद्या परेको थियो । सोही मुद्यामा सर्बोच्चले आज अन्तिम सुनुवाइ गर्न लागेको हो । नियुक्तिपछि मुलुकमा तीन वटा सरकार फेरि सकेको छ ।

ओलीपछि सर्बोच्चको परमादेशबाट काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो । गत ४ मंसिरमा भएको निर्वाचनपछि मुलुकमा अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री छन् । 

पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्चले गत ११ साउनमा पेशी नसर्ने र मुद्दा स्थगित नहुने गरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधवार पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर संवैधानिक परिषद्को बैठक डाकेको, गणपूरक संख्या नभएको अवस्थामा पदाधिकारी सिफारिसको

निर्णय गरेकाले प्रक्रिया मिचिएको साथै प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ नै नहुने अवस्थामा नाम सिफारिस गरेर उनीहरूको जवर्जस्ती नियुक्ति गरिएको भन्दै रिट निवेदनमा सबै नियुक्ति बदर हुनुपर्ने माग छ ।

बुधबार ३ फागुन २०७९ १०:१८ AM मा प्रकाशित

प्रतिक्रिया