×

मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेको छ - अर्थमन्त्री विष्णुप्रसाद पौडेल

images

स्याङ्जा । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार राजनीतिक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताएका छन् । स्याङ्जाको बिरुवा गाउँपालिकामा निर्मित भवनको शुक्रबार उद्घाटन गर्दै उनले वर्तमान सरकार राजनीतिक स्थायित्व प्रदान गर्दै मुलुकको समृद्धिका लागि प्रयासरत रहेको उल्लेख गरे ।

पछिल्लो समय मुलुक सञ्चालनका क्रममा विभिन्न कारणले सरकारले स्थायित्व पाउन नसकेको स्मरण गर्दै अर्थमन्त्रीले राजनीतिक स्थायित्व, विकास र मुलुकको समृद्धिका लागि लामो इतिहास बोकेका दुई ठूला दलको आवश्यकता महसुस गरी सरकार गठन भएको बताए ।


‘अवसरवादसहित विविध कारण मुलुकमा ६÷६ महिनामा सरकार बदलियो, सरकारले स्थायित्व पाएन’, उनले भने, ‘मुलुकको परिवर्तनका लागि, नागरिको जीवनस्तर सुधार्न ठूला दल मिल्नुको विकल्प थिएन, देशलाई अस्थिरतामा राख्न हुन्न निकास दिनुपर्छ भन्ने लागेर कांग्रेस र एमालेको गठनबन्धनबाट वर्तमान सरकार बनेको हो ।’

मुलुकमा यसअघि विभिन्न कालखण्डमा आइपरेका कठिन अवस्थामा लामो इतिहास, अनुभव र योगदान गरेका दुई ठूला दलले नेतृत्व गरेका अर्थमन्त्री पौडेलले बताए । उनले भने, ‘मुलुकको स्थायित्व, विकास र नागरिकको पक्षमा वर्तमान सरकारले काम गरिरहेकाले सबैले यो सरकारलाई सहयोग र समन्वय गर्नुपर्छ ।

शनिबार ३ फागुन २०८१ १०:५८ AM मा प्रकाशित

प्रतिक्रिया