काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न पुगेका अधिवक्ता दिनेश त्रिपाठी कुटिएका छन् ।
सहकारी पिडीतको तर्फबाट बहस गर्न पुगेका त्रिपाठीलाई अदालतबाट बाहिरिँदै गर्दा रविका कार्यकर्ताले कुटेका हुन् । त्रिपाठीलाई कुटेपछि रास्वपाका कार्यकर्ताले अश्र्लिल नारासमेत लगाएका थिए ।
लामिछानेमाथि थुनछेक बहस भइरहँदा उनका समर्थकले भने अदालत परिसरमा हो-हल्लाका साथ नाराबाजी गरेका थिए । ‘मैले पीडितको पक्षबाट बहस गरेको थिएँ । ममाथि हातपात, कुटपिट भयो । मेरो ब्यागसमेत खोसिएको छ,’– संक्षिप्त कुराकानी गर्दै उनले भने ।
त्रिपाठीमाथ हातपात आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका व्यक्तिको नाम प्रहरीले खुलाएको छैन।
काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित छन्।
प्रतिक्रिया