काठमाडौं । आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ २२ सय रुपैयाँले बढेको हो ।
शुक्रबार २ लाख ५६ हजार ६००मा कारोबार भएको सुन आज २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको असोज ३१ गते सुनको मूल्य तोलाको दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। यस्तै आज चाँदी तोलामा ८० रुपैयाँले घटेर ३८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया