काठमाडौँ । पोर्चुगल फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा आयरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आयरल्याण्डको जितमा दुवै गोल ट्रोय प्यारोटले गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो । रोनाल्डोले खेलको ६१औं मिनेटमा रातो कार्ड पाएका थिए । २२५ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा रातो कार्ड पाएको पहिलो पटक हो ।
युरोपको छनौटको समुह एफमा रहेको आयरल्याण्डले यो जितपछि ५ खेलमा ७ अंक भएको छ र समुहमा तेस्रो स्थानमा छ । त्यस्तै पोर्चुगलको ५ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । अब पोर्चुगलले अर्को खेल अर्मेनियासँग नोभेम्बर १६ मा खेल्ने तालिका रहेको छ ।
प्रतिक्रिया